site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्