site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एफएनसीसीआईका महाप्रबन्धक अवस्थी सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का महाप्रबन्धक गोकर्ण अवस्थी ‘बेस्ट म्यानेजर अफ दी इयर, २०२३’ बाट सम्मानित भएका छन् ।

गत शुक्रबार नेपाल व्यवस्थापन संघले घोषणा गरेको ‘बेस्ट म्यानेजर अफ दी इयर’ बाट अवस्थी सम्मानित भएका हुन् ।

संघले देशभरबाट छनोट गरी कुशल व्यवस्थापकलाई उक्त अवार्ड वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको छ ।

अवस्थी नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष समेत हुन् । उनले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्