site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । 

आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्