site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'सडक व्यापारलाई तीनवटै तहको सरकारले कानुनीरूपमै व्यवस्थित गर्नुपर्छ'

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । सरकारले नीतिगत र कानुनीरूपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा प्रमुख सचेतक गिरीले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण पाटो हुने भएकाले तीनवटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

Argakhachi Cement Island Ad

उनले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसद्‌मार्फत सरकारलाई दबाब दिने पनि बताए ।

"सडक व्यापारलाई मर्यादित ढंगले, सडकलाई पनि मर्यादित बनाउन सकियोस् । भद्रगोल पनि नहोस् । अव्यवस्था पनि नहोस् । सडक कुरूप पनि नबनोस्," उनले भने ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्