site stats
बाह्रखरी :: Baahrakhari
देश
गर्भवती महिला प्रहरीका निम्ति अब छुट्टै पोसाक

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो ।

पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Argakhachi Cement Island Ad

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्