site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्