site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सांसदले काठमाडौं छाड्न नपाउने, छाड्नै परे लिखित अनुमति लिनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने उनको भनाइ छ ।

बैठकले विधेयकहरू चाँडोभन्दा चाँडो संसद्‌‌मा पेस गर्न आग्रह गर्ने निर्णय गरेको छ ।  विचाराधीन विधेयक यसै अधिवेशनमा पारित गर्न सबै दलहरूमा आग्रह गर्ने निर्णय भएको लेखकले बताए ।

यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्