site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/०८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

लघुवित्तको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको सात प्रतिशत हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल यो लघुवित्तको चुक्तापुँजी ६२ करोड ७२ लाख रुपैयाँ छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्