site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापालाई समुदायको प्रश्न : राष्ट्रियसभामा मधेसी समुदायलाई किन उपेक्षा ? 

काठमाडौं । संवाद यात्रामा रहेका नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापालाई राष्ट्रियसभा निर्वाचनमा मधेसलाई किन उपेक्षा गरेको भन्दै जनताले प्रश्न गरेका छन् ।

कांग्रेस सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ ले बोदे बरसाईनमा सोमबार पुगेका थापालाई जनताले ‘राष्ट्रियसभामा मधेसबाट मधेसी समुदायको किन परेन’ भन्दै प्रश्न गरेका छन् । 

Argakhachi Cement Island Ad

जवाफमा महामन्त्री थापाले नेतृत्वले नमान्दिएका कारण आफूले फरक मत लिखित रूपमा दर्ता गराएको जानकारी दिए । उनले उठाएको प्रश्न जायज भएको पनि उल्लेख गरे । साथै उनले आफूले पार्टी बैठक र विभिन्न फोरममा यो विषय उठान गर्ने पनि जानकारी दिए । 

“राष्ट्रियसभा निर्वाचनमा मेरो सहमति छैन भनेर लेखेको कुरा ठिक लेखेको छु भन्ने मलाइ लाग्यो । तपाईंहरूले जे कुरा उठाएको हो मेरो फरक मतको विषय नै यही हो,” उनले भने, “अब यहाँबाट फर्किएर गएपछि पार्टी सभापति तथा नेताहरूलाई काठमाडौंमा तपाईंहरूले सोचेजस्तो हैन रहेछ है मधेसको माग र गुनासो असन्तुष्टि रहेछ भन्छु । यो विषयलाई अब बदल्नुपर्छ ।” 

उनले निकट भविष्यमा राजदूतलगायत विभिन्न राजनीतिक नियुक्ति हुने भन्दै त्यसमा मधेसलाई समेट्न निरन्तर आफू लागि पर्ने बताए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्