site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदी तीन दिनदेखि स्थिर मूल्यमा  कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदै आएको छ ।

आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि बिहीबारदेखि नै यही मूल्यमा कारोबार हुँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्