site stats
बाह्रखरी :: Baahrakhari
कला
‘गोर्खा वारियर’को ट्रेलरमा गोर्खा सैनिकको बहादुरीको कथा

काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँ देखाइएको छ ।

गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर सिनेमा बनेको हो । 

गत भदौमा लन्डनस्थित ‘आइम्याक्स सिनेवर्ल्ड’मा प्रिमियर गरिएको चलचित्रमा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आलेलगायतको अभिनय छ ।

चलचित्र फागुन ११ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्