site stats
बाह्रखरी :: Baahrakhari
खेल
अफगानिस्तानविरुद्ध ब्याटिङमा नेपालको खराब सुरुआत

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ब्याटिङमा नेपालले खराब सुरुआत गरेको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो पावर प्ले (१० ओभर)को समाप्तिमा तीन विकेट गुमाएर ३६ रन बनाएको छ । 

नेपालका ओपनरद्वय अर्जुन कुमाल र विपीन रावलले क्रमशः १० र दुई रन जोडेर आउट भए । यस्तै, गुल्सन झा पनि एक रन जोडेर पभेलियन फर्किए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्