site stats
बाह्रखरी :: Baahrakhari
खेल
अफगानिस्तानविरुद्ध एक रन थपेर गुल्सन आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले ओपनर गुल्सनकुमार झालाई दोस्रो विकेटको रूपमा गुमाएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले गुल्सनलाई ६.३ ओभरमा गुमाएको हो । गुल्सनले नेपाली टिमको खातामा एक रन थपे  ।

जारी खेलको ६.३ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर १५ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्