site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले गुमायो आठौँ विकेट, दीपक डुम्रे २६ रन बनाएर आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दीपक डुम्रेलाई आठौँ विकेटको रूपमा गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले ४६.५ ओभरमा डुम्रेलाई व्यक्तिगत २६ रनमा गुमाएको हो । जारी खेलको ४७ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर १७२ रन बनाएको छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्