site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले गुमायो चौथो विकेट, उत्तम चार रन थपेर आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटको रूपमा विकेटकिपर उत्तम मगरलाई गुमाएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको २०.६ ओभर नेपालले उत्तमलाई व्यक्तिगत चार रनमा गुमाएको हो ।

जारी खेलको २१ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८५ रन बनाएको छ । हाल क्रिजमा रहेका विपीन रावल र गुल्सनकुमार झा क्रमशः ३२ र शून्य रनमा खेलिरहेका छन् । 

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्