site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीनदिन (आइतबार)देखि स्थिर रहेको हो ।

चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्