site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्