site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यी हुन् घटेको बजारमा ९ प्रतिशतभन्दा बढी सेयर मूल्य वृद्धि भएका कम्पनी

काठमाडौं । नेप्से परिसूचक आज १२.१० अंकले घटेर कारोबार भएको छ । आइतबार र मंगलबार लगातार ८१ अंक बढेकोमा आज घटेर बन्द भएको छ । लगानीकर्ताका अनुसार आजको बजार ‘करेक्सन’ भएको हो ।

तर, घटेको बजारमा पनि चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यसदिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत र गरिमा डिभेञ्चर, २०८५ को मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालयन रिइन्स्योरेन्सको भएको छ । यो कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिको सेयर मूल्य ६०२ रुपैयाँ कायम भएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्