site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकै दिन १२ सय घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँ घटेर कारोबार भइरहेको हो । 

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्