site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग आइतबार आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले गत आर्थिक वर्षको एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानीपछि विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्