site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फोन पेमा फेरि समस्या, सबै सेवा ठप्प

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेका सबै सेवा ठप्प भएको छ । आइतबार सूचना जारी गर्दै कम्पनीले प्राविधिक कारणले सबै सेवा अवरुद्ध भएको जनाएको छ ।

फोन पेले समस्या समाधानका निम्ति प्रयास गरिरहेको पनि जानकारी गराएको छ । “फोन पेका सबै सेवाहरू प्राविधिक कारणले गर्दा अवरुद्ध हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ,” सूचनामा उल्लेख छ, “सेवा सञ्चालनहरू पुनर्स्थापित गर्न हामी लगनशीलताका साथ काम गरिरहेका छौँ ।”

यही पुस २५ गते पनि कम्पनीको क्यूआर भुक्तानी प्रणालीमा समस्या देखिएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्