site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सुनको मूल्य तोलामा एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्