site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने निर्वाचन आयोगले जनाएको छ ।  

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ । 

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । 

स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । 

निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्