site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरण अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । कार्यकाल करिब सात महिना बाँकी हुँदै खनालले मंगलबार राजीनामा दिएका हुन् ।

खनालले बाह्रखरीसँग राजीनामा दिएकोबारे बताए । 

खनाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । 

खनालको कार्यकालमा टेरामक्स र एमडीएमएस परियोजना आर्थिक अनियमितताको विवादमा परेका छन् । संसदीय समिति एवं छानबिन समितिले समेत टेरामक्स परियोजनामा अनियमितता भनेका छन् । विवाद बढेपछि उनले राजीनामा दिएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्