site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डेडिकेटेड र ट्रंक लाइनबीचको विवादले ८५ हजारले रोजगारी गुमाएको दाबी
फाइल तस्बिर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइन विवादका कारण ८५ हजारले रोजगारी गुमाएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्दा ८५ हजारले रोजगारीको अवसर गुमाएको उनको भनाइ छ । गुमेको रोजगारी फिर्ताका लागि पनि तत्काल डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्नुपर्नेमा उनको जोड छ । 

उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीचको विवाद समाधानका लागि न्यायिक आयोग बनाउन उनको माग छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायी र  प्राधिकरणबीचको डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान तत्काल नगरे उद्योग व्यवसायमा ठूलो असर पर्ने बताए । 

यसको समाधान सरकारका सम्बन्धित निकायहरूले गर्नुपर्ने र नसके सरकारले यसको पहलकदमी लिएर समस्या समाधान गर्नुपर्ने उनको धारणा छ । 

यसैबीच, अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत् लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने बताएका हुन् । 

उनले विद्युत् लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुनेमा जोड दिए । डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउन नहुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्