site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री
फाइल तस्बिर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत् लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने बताए । 

उनले विद्युत् लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुनेमा जोड दिए । डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउन नहुने उनको भनाइ छ । 

अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्