site stats
बाह्रखरी :: Baahrakhari
देश
तराईमा हुस्सु, कोसी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर 

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस रहेको छ । हिजो (शुक्रबार) काठमाडौंमा यस वर्षको हालसम्मकै न्यून ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

दिउँसो कोसी र मधेस प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागको भनाइ छ । 

राति कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्