site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच क्षेत्र फराकिलो बनाइयो 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ ।

विमानस्थलका प्रमुख प्रताप तिवारीका अनुसार विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्रलाई विस्तार गरिएको हो ।

चेक जाँच क्षेत्र साँघुरो भएर भिडभाड हुने गरेको गुनासो आएपछि विस्तार गरेर फराकिलो बनाइएको हो ।

यसको विस्तारसँगै यात्रुहरूलाई सहज हुने विमानस्थलका प्रमुख तिवारीले बताए ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्