site stats
बाह्रखरी :: Baahrakhari
देश
ईपीएस परीक्षाको आवेदन दिन पाउने समय दुई दिन थपियो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप गरिएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । 

Argakhachi Cement Island Ad

सिपबिल्डिङको परीक्षामा सहभागी भएकाहरूका लागि उत्पादनशील क्षेत्रको आवेदन खुलाइएको छ । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो ।

तर, गत शुक्रबार बालकुमारीमा भएको घटनामा दुईजनाको मृत्यु भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएकाले समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

EPS-1704203834.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्