site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित
फाइल तस्बिर ।

काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु/कुहिरोका कारण तराईका विमानस्थलहरू सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको बताए ।

ती चार विमानस्थलमा शनिबार कुनै उडान भएन । भैरहवा विमानस्थलमा हिजो (शुक्रबार) पनि कुनै आन्तरिक उडान भएको थिएन । शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए ।

विशेष गरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्