site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेका दशजना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेका दशजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ तहाचलस्थित महाराजगन्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटेलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसहित दश जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई गएराति ५५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्