site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको एक घरमा आगलागी हुँदा नौजनाको मृत्यु
प्रतीकात्मक  तस्बिर

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा एक घरमा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको हो । 

घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ घरमा आगलागी भएपछि परिवारका नौ सदस्यहरुको मृत्यु भएको समाचारमा उल्लेख छ । 

शव पहिचानका लागि नजिकैको अस्पतालमा राखिएको प्रहरीले जनाएको समाचार संस्था सिन्ह्वाले बताएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्