site stats
बाह्रखरी :: Baahrakhari
कला
जा रे जिन्दगी !

जा रे जिन्दगी, तँ आफ्नै गतिमा सम्हालिँदै जा !
कसैको मायामा बर्बाद हुनु तँलाई केको मजा !

तँ त उसको आँखाले मन नपराएको मान्छे 
तँ त उसको हृदयले कहीँ नचाहेको मान्छे 
तँ त उसको पिरतीमा ठाउँ नपाएको मान्छे 
जा रे जिन्दगी !

तँ रुँदा पनि नरुनु उसलाई भुल्नु भनेर
एक्लैएक्लै नबस् रातमा तारा गनेर
थोरै हिम्मत जुटाएर दुई पाइला अघि सारेर
संसार हेर् कति सुन्दर छ भित्री मनको आँखा खोलेर
जा रे जिन्दगी !

तँ पिउँदा पनि नपिई केही नसोच्नु भनेर 
कतै अल्झिएर नबस् दिलको ढोका थुनेर
फेरि सपना नौलो बुनेर धड्कनको संगीत सुनेर
संसार हेर् कति सुन्दर छ भित्री मनको आँखा खोलेर 
जा रे जिन्दगी !

जा रे जिन्दगी तँ आफ्नै गतिमा सम्हालिँदै जा !
कसैको मायामा बर्बाद हुनु तँलाई केको मजा !

(काठमाडौं, हाल पोर्चुगल)
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्