site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ईयूले १२ बुँदामा कमजोरी देखायो : पर्यटनमन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउन आफूहरू लागिपरेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले ईयूले १२ बुँदामा कमजोरी देखाएको जानकारी दिए । ती कमजोरी सुधारको कार्य भइरहेको उनले उल्लेख गरे ।

“कालोसूची हटाउन प्रधानमन्त्री, म र डीजी (नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक) लागेर काम गर्‍यौँ । १२ वटा बुँदामा ईयूले कमजोरी देखाएको छ । उसले देखाएको १२ बुँदे कमजोरी सुधारको काम भइरहेको छ,” उनले भने, “यसको लागि सबैको – राजनीतिक दल, समिति, कर्मचारीको सहयोगको आवश्यकता छ ।”

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्