site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने दुई कर्मचारी निलम्बित

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् ।

पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा मंसिर १९ गते पक्राउ परेका थिए । 

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

पक्राउ परेकाहरूलाई ठगी र लिखतसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको जनाइएको छ । 

पक्राउ परेकालाई हिरासतमा राखिएको जानकारी प्राप्त भएपछि निगमले मंसिर २७ गतेदेखि लागु हुनेगरी निलम्बन गरेको स्रोतले बाह्रखरीलाई जानकारी दिए । स्रोतका अनुसार दुवैजनालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्