site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जीवन विकास लघुवित्तले गर्‍यो लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४.७३६९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको आइतबारको बैठकबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७३६९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आउँदो वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्