site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्