site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मायाका रंगहरू’मा पल शाह अनुबन्धित

काठमाडौं । केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । चलचित्र ‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित भएका हुन् । 

चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण पक्षले जनाएको छ । 

पर्यटन पवर्द्धनका लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने चलचित्रमा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत  नेपालबाट लिने तयारी निर्माण टिमले गरेको छ ।

चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिनेछ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्