site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई कुल १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले असार मसान्तसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

गत असार मसान्तसम्म कम्पनीको चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्