site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साढे एक घण्टामा अढाई अर्बको सेयर कारोबार

काठमाडौं । बजार खुलेको साढे एक घण्टामा दुई अर्ब ५३ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार १२ः३० बजेसम्म उक्त कारोबार भएको हो ।

नेप्से परिसूचक भने २४.७३ अंकले घटेको छ । ६७८ लाख ६६ हजार ३६९ कित्ता खरिद–बिक्री भएको छ ।

उक्त अवधिसम्म ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८४ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्