site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्