site stats
बाह्रखरी :: Baahrakhari
खेल
एस्टोन भिल्लासँग स्तब्ध आर्सनल

काठमाडौं । आर्सनलविरुद्ध १–० को साँधुरो जित निकाल्दै एस्टोन भिल्ला इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा कप्तान जोन म्याकगिनले गरेको गोलबाट भिल्लाले अग्रा बनाएको थियो । लियोन बाइलीको क्रसलाई नियन्त्रणमा लिँदै म्याकगिनले सातौँ मिनेटमा घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

गोल बेहोरेपछि आर्सनलले निरन्तर दबाब बनाए पनि घरेलु टिमको रक्षापंक्ति तोड्न सकेन । लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको भिल्लाले यसअघि गत सिजनको तेहेरो विजेता म्यानचेस्टर सिटीलाई पनि स्तब्ध बनाएको थियो ।

यो हारसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । आर्सनलले तालिकाको शीर्ष स्थानमा उक्लिने सम्भावनासमेत गुमाएको छ ।

जितसँगै १६ खेलबाट ३५ अंक जोडेको एस्टोन भिल्ला तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ३६ अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलले ३७ अंक जोडेको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्