site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्पपीडितलाई दुई प्रतिशत प्रिमियममा ऋण दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिकमा जाजरकोटमा गएको भूकम्पका कारण क्षतिग्रस्त आवासीय घरहरूको पुनर्निर्माणका लागि २५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

नेपाल राष्ट्र बैंकले सरकार वा सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले आवासीय घर कर्जा आधारदरमा दुई प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरेको हो ।

यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी विन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्