site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रेम आलेको टिप्पणी– कर छल्न एनसेलले बिक्री मूल्य कम देखायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्य प्रेम आलेले एनसेलको सेयर बिक्री प्रकरणमा कर छल्ने नियत स्पष्ट देखिएको बताएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा समिति सदस्य आलेले कर छल्नका लागि एनसेलले बिक्री मूल्य कम देखाएको आरोप लगाए । 

“१४३ अर्बमा बिक्री भएको कम्पनी ६ अर्बमा बेच्नु कर छल्न नियत हो भन्ने स्पष्ट देखिन्छ,” उनले भने, “यो दूधको दूध पानीको पानी स्पष्ट हुनुपर्छ ।” 

ठूलठूला ‘घोटाला’ प्रकरणको छानबिन प्रभावकारी नहुने गरेको भन्दै उनले भने, “विगतमा वाइडबडीलगायत छानबिन गरेर अख्तियारमा बुजाउँदा समेत रद्धीको टोकरीमा पुगेको छ । यसमा सरकार अडिग हुनुपर्छ । छानबिन समिति बनाएर तुरुन्त अघि बढाउन मेरो आग्रह छ ।” 
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्