site stats
बाह्रखरी :: Baahrakhari
देश
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दामा कसलाई कति सजाय ?
फाइल तस्बिर।

काठमाडौं । विशेष अदालतले कर फर्स्योट आयोगमा बसेर अनधिकृतरूपमा कर छुट दिएका तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारीबाट १२ अर्ब ३१ करोड ४० लाख ९३ हजार ६९४ असुल गर्ने गरी गत असारमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

विशेष अदालतबाट सार्वजनिक भएको फैसलामा कर फर्स्योट आयोगको अध्यक्ष रहेको लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मालाई जनही चार अर्ब १० करोड ४६ लाख ९६ हजार ९ जरिवाना हुने ठहर गरेको छ । विशेष अदालतले अध्यक्ष महतलाई ९ वर्ष १ महिना कैद र अन्य दुई सदस्यहरू ढकाल र शर्मालाई नौ–नौ वर्ष कैदको फैसला सुनाएको हो ।

Argakhachi Cement Island Ad

विशेष अदालतको फैसलामा तत्कालीन कर फर्स्योट आयोगका अध्यक्ष महतलाई ०७४ कार्तिक २९ देखि मंसिर ६ सम्म सात दिन र ०७८ असोज १० मा एक दिन पूर्पक्षका लागि थुनामा बसेको भन्दै त्यसको लगत कट्टा गरी ९ वर्ष २४ दिन सजाय हुने भनिएको छ ।

यस्तै, सदस्य ढकाल ०७४ कार्तिक २७ देखि मंसिर ६ सम्म ९ दिन र ०७८ भदौ १० मा एकदिन पूर्पक्षका लागि थुनामा बसेको भन्दै ११ १० दिन लगत कट्टा गरी ८ वर्ष ११ महिना २० दिन कैद सजाय हुने र अर्का सदस्य शर्मा जेठ १९ देखि भदौ २७ सम्म दुई महिना ७ दिन पुर्पक्षका लागि थुनामा बसेको भन्दै लगत कट्टा गरी बाँकी हुने आठ वर्ष ९ महिना २३ दिन कैद सजाय हुने पनि फैसलामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्