site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षका लागि ६ हजार ६८५ रुपैयाँमा डिशहोमको इन्टरनेट

काठमाडौं । डिशहोम फाइबरनेटले विशेष छुटसहित इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज ६ हजार ६८५ रुपैयाँमै पाइने भएको हो ।

यसका साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डूअल ब्यान्ड) पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।  

यसअघि यही ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्य सात हजार ७९९ रुपैयाँ रहेको थियो ।

नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३०० एमबीपीएससम्मका प्याकेजमा विशेष छुट पाउने कम्पनीले बताएको छ । जसमा फाइभ–जी र वाइफाइ–६ राउटर मिल्नेछ ।

५० एमबीपीएसको २४ महिने प्याकेजका लागि १० हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्