site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा पर्याप्त सहयोग पुर्‍याउन जोर्डन, पोर्चुगल, स्लोभेनियाको आह्वान
फाइल तस्बिर ।

काठमाडौं । जोर्डन, पोर्चुगल र स्लोभेनियाका विदेशमन्त्रीहरूले गाजापट्टीमा पर्याप्त र अत्यावश्यक मानवीय सहायता पु¥याउन शनिबार संयुक्त रूपमा आह्वान गरेका छन् ।

प्यालेस्टाइनको तटीय क्षेत्रमा जारी इजरायल–हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गर्न जोर्डनको राजधानी अम्मानमा आयोजित त्रिपक्षीय बैठकबाट उक्त आह्वान गरिएको हो ।

बैठकमा जोर्डनका विदेशमन्त्री अयमान सफादी, पोर्चुगलका विदेशमन्त्री जोआओ क्रभिन्हो र स्लोभेनियाली विदेशमन्त्री तान्जा फाजोन सहभागी थिए । मन्त्रीहरूले मानवीय प्रकोप र गाजाको पीडा अन्त्य गर्न, नागरिकको सुरक्षा सुनिश्चित र मानवीय र अन्तर्राष्ट्रिय कानुनहरूको पालनाको प्रयास गर्न आह्वान गरे ।

सफादीले इजरायल र हमासबीच शुक्रबारदेखि लागु चारदिने मानवीय युद्धविराम सही भएको भन्दै तत्काल द्वन्द्वको अन्त्य गर्न आह्वान गरे ।

स्लोभेनियाली मन्त्रीले यस क्षेत्रमा सुरक्षा, स्थायित्व र शान्ति ल्याउन जोर्डनको महत्त्वपूर्ण र रणनीतिक भूमिकामा जोड दिए । उनले गाजामा मानवीय सहायता र तत्काल युद्धविरामका निम्ति आह्वान गरे ।

पोर्चुगल अधिकारीले इजरायल–हमास द्वन्द्व रोक्न संयुक्त राष्ट्रसंघमा भूमिका खेलेकामा जोर्डनलाई धन्यवाद दिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्