site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

बैंकको बिहीबार बसेको संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्