site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन, मञ्च बनाउँदै कार्यकर्ता

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रदर्शनका लागि कार्यकर्ताहरू तीनकुनेमा भेला हुन थालेका छन् । 

विभिन्न ठाउँबाट आएको र्‍याली तीनकुने आइरहेका छन् । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै सम्बोधन हुनेछ । 

युवा संघले अहिले मञ्च बनाइरहेको छ । र्‍यालीमा ‘भ्रष्ट सरकार राजीनामा दे...’ लगायत नारा लगाइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्