site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँ बढेर कारोबार भएको हो ।

छापावाल सुन तोलामा एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर भएर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्